कार्तिक २४, २०७४-चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनमा नयाँ नेतृत्वको चयनसितै सहभागीहरूले गरेका अन्य दुई महत्त्वपूर्ण निर्णय विश्व राजनीतिको शिखर चर्चामा रहे । ती निर्णयमध्ये पहिलो राष्ट्रपति सी चिनफिङको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा र दोस्रो ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ लाई कम्युनिस्ट पार्टीको संविधानमा समावेश हुन् । जसका कारण उनी माओपछिका सर्वाधिक शक्तिशाली नेताको रूपमा दरिएका छन् । नेतृत्व चयनको सन्दर्भमा पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको विलय हुनु राष्ट्रपति सीको शक्ति र सामथ्र्य अभिवृद्धिको परिचायक भएको छ । पार्टी महाधिवेशनबाट आफ्नो उत्तराधिकारी चयन गर्ने परम्परासमेत लत्याएकाले पनि उनी अब पाँचवर्षीय निर्धारित समय अवधिभन्दा पनि बढी सत्तामा टिक्ने अनुमान गरिँदैछ । चीनको पार्टी राजनीतिमा माओको पदचाप फेरि सुनिँदैछ ।
चीनको कम्युनिस्ट पार्टी इतिहासमा आन्तरिक लोकतान्त्रिक अभ्यास वास्तवमा तेङ सियाओ पिङको निधनको एक दशकपछि शक्तिशाली नेताको अवधारणामा समयानुकूल परिवर्तन तथा सुधार गर्दै लैजान सन् २००७ को १७ औं पार्टी महाधिवेशन लगत्तै पार्टीको उच्चस्तरीय नीति निर्माणकर्ता २५ जना पोलिटब्युरो सदस्यको चयन आन्तरिक राजनीतिक सहमतिको आधारमा लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट थालनी गरिएको थियो । त्यसको ५ वर्षपछि १८ औं महाधिवेशनले २५ पोलिटब्युरो सदस्यका साथै सर्वाेच्च निर्णायक निकाय पोलिटब्युरो स्थायी समितिका सदस्यहरूसमेत निर्वाचित गर्न आन्तरिक लोकतान्त्रिक अभ्यास गरेको थियो । राष्ट्रपति सी चिनफिङ त्यही प्रक्रियाको उत्पादन हुन् । तर उनले १९ औं महाधिवेशनद्वारा सो निर्वाचन प्रथा खारेज गरेका छन् । यसको निम्ति उनले पार्टी र सेनाका प्रभावशाली व्यक्तिहरूसित सरसल्लाह गरेरै नयाँ नेतृत्व छनोटको निर्णय लिएका थिए । तैपनि पार्टीको आन्तरिक राजनीतिमा लोकतान्त्रिक अभ्यासले राजनीतिक उदारीकरणप्रति पाइला चाल्ने हो कि भन्ने अपेक्षाको सीले अन्त्येष्टि गरिदिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनमा नयाँ नेतृत्वको चयनसितै सहभागीहरूले गरेका अन्य दुई महत्त्वपूर्ण निर्णय विश्व राजनीतिको शिखर चर्चामा रहे । ती निर्णयमध्ये पहिलो राष्ट्रपति सी चिनफिङको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारा र दोस्रो ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ लाई कम्युनिस्ट पार्टीको संविधानमा समावेश हुन् । जसका कारण उनी माओपछिका सर्वाधिक शक्तिशाली नेताको रूपमा दरिएका छन् । नेतृत्व चयनको सन्दर्भमा पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको विलय हुनु राष्ट्रपति सीको शक्ति र सामथ्र्य अभिवृद्धिको परिचायक भएको छ । पार्टी महाधिवेशनबाट आफ्नो उत्तराधिकारी चयन गर्ने परम्परासमेत लत्याएकाले पनि उनी अब पाँचवर्षीय निर्धारित समय अवधिभन्दा पनि बढी सत्तामा टिक्ने अनुमान गरिँदैछ । चीनको पार्टी राजनीतिमा माओको पदचाप फेरि सुनिँदैछ ।

No comments:
Post a Comment