Friday, November 10, 2017

साउदी अरबमा संगठित भष्ट्राचारको आरोपमा थप २ सय बढी पक्राउ

कार्तिक २४, २०७४साउदी अरबमा १ खर्ब डलर संगठित भ्रष्टाचार भएको अभियोजनकर्ताले बताएका छन् । भष्ट्राचारको अभियोगमा पछिल्लो पटक २ सय १ जनालाई नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धान भइरहेको साउदी अरबले जनाएको छ । पछिल्ला केही दशकयता संगठित रुपमा भ्रष्टाचार र अनियमितता र राज्यकोषको अपचलन गरिएको भन्दै राजकुमार, बहालवाला मन्त्री, प्रभावशाली व्यवसायी लगायतका उच्च पदस्थ व्यक्तिलाई नियन्त्रणमा लिइएको र उनीहरु विरुद्ध यथेष्ठ प्रमाण समेत भएको साउदी अरबका महान्यायाधिवक्ता शेख सउद अल मोजेबलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । नियन्त्रणमा लिइएका सबैको बैंक खाता समेत तत्कालका लागि रोक्का गरिएको छ ।

युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गत साता गठित भ्रष्टाचार नियन्त्रण कमिटीले भष्ट्राचार विरोधी अभियानलाई तीव्र पारेको हो । युवराज मोहम्मद बिनले उच्च पदस्थ व्यक्तिलाई कानुनी दायरामा ल्याउने कार्यको सुरुवात मात्रै भएको र अगामी दिनमा भष्ट्राचारमा संलग्न कोही कसैलाई कुनै पनि प्रकारको छुट नदिने चेतावनी समेत दिएका थिए । सो कमिटीले गठन भएको ४ घण्टा पनि नबित्दै ११ राजकुमार सहित ४ मन्त्री र दर्जनौं पूर्व मन्त्रीहरुलाई नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment