कार्तिक २४, २०७४-गत साउन २९ गतेको लगातार वर्षा पछि राप्ति नदिमा आएको बाढीले बगाएर भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एक सिंगे पोथी गैंडालाई शुक्रबार उसकै बासस्थान फर्काइएको छ । भारतबाट राति उद्धार गरी ल्याईएको गैंडालाई निकुञ्जको सौराहाको पूर्वि सेक्टरस्थित जनकौली वनक्षेत्रमा छाडिएको छ ।
भारतको वाल्मिकि टाईगर स्थित मदनपुर क्षेत्रबाट वयस्क पोथी गैंडा उद्धार गरी निकुञ्जको बासस्थानमा छाडिएको हो । बाढीले बगाएर भारत पुर्याईएको ८ वटा गैंडा उद्धार गरी यस अघि निकुञ्जमा छाडिएको थियो । भारतीय अधिकारीको सहयोगमा गैंडा उद्धार गरी ल्याईएको निकुञ्जका प्रमुख संरक्षणअधिकृत रामचन्द्र कडेलले बताए ।
‘अझै गैंडा छ भन्ने सुचना आएको छ,’ उनले भने, ‘अहिलेसम्म ९ वटा गैंडा उद्धार गरिएको छ ।’ डार्ट गरी खोरमा राखेर ल्याईएको गैंडालाई निकाल्न निकुञ्ज कर्मचारीलाई हम्मेहम्मे परेको थियो । केही समयसम्म खोरबाट गैंडा बाहिर निस्केको थिएन । बल्लतल्ल बाहिर निस्केको गैंडा निकै रिसाएको थियो । उसले उद्धारमा प्रयोग गरिएको जेसिबि मेसिनमा हान्ने प्रयास गर्दा एउटा दात फुस्केर भुईमा झरेको थियो ।
गैंडाको शरिरमा समान्य चोट देखिको थियो । गैंडा उद्धार गरी ल्याइएको क्षेत्रमा वन विभागका महानिर्देशक डा. यूवकध्वज जिसि, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक मानबहदुर खडका र उपनिर्देशक गोपालप्रसाद भट्टराई र राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण सचिव गोविन्द गजुरेल पुगेका थिए ।
लगातारको वर्षा पछि राप्ति नदिमा आएको बाढीको भंगालको सामना गर्न नसक्दा निकुञ्जको ठुलो संख्यामा गैंडा भारत बगाएको थियो । निकुञ्ज अधिकारीले कति गैंडा बगायो भन्ने संख्या यकिन गर्न सकेको छैन् । बाढीले धेरै जसो पोथी उमेर नपुगेका गैंडा बगाएको छ । खोला छेउमा चर्न बसेका गैंडा मध्ये पानीको करेन्ट र भंगालको सामना गर्न नसक्दा गैंडा भगाएको निकुञ्जले जनायो । नदिय बासस्थानमा बस्ने जनावर भएकाले गैंडा भंगालको चपेटामा परी बगाएर भारत पुर्यायो, अधिकृत कडेलले भने, ‘बाढीको प्रभावले ५ वटा गैंडा मरेको छ ।’
उद्धार गरिएको गैंडाको अवस्था बुझ्न र निकुञ्ज क्षेत्र हेर्न भारतको बाल्मिकी स्थित डिभिजन फरेष्ट अधिकृत अमित कुमार सहितको टोली केही दिन अघि यहाँ आएको थियो ।
निकुञ्जका सुचना अधकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालको नेतृत्वमा ३ वटा हात्ती र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा. कमल गैरे तथा प्राविधिज्ञ सहितको ४० कर्मचारी भारतमै बसि गैंडा उद्धार गरेका थिए । लगातारको वर्षाले बासस्थान डुवानमा परे पछि गैंडा लगायतका बन्यजन्तु छिन्नभिन्न भएका थिए । अधिकृत कडेलका अनुसार झण्डै ८ सय देखी १ हजार सम्म साना वन्यजन्तु बगाएर मृत्यु भएको छ । बाढीले वन्यजन्तुको बासस्थान बिथोलीएको छ । वन्यजन्तुहरु प्राय नदी तटिय क्षेत्रमा बस्न रुचाउँछन, त्यहाँ घाँसे मैदान हुन्छ । निकुञ्जमा हाल ६ सय ५ वटा गैंडा रहेको छ ।
No comments:
Post a Comment